१० बुँदे पक्षधरले ‘माफी माग्नुपर्ने’ हल्ला काल्पनिक मात्र हो : एमाले

काठमाडौँ, १४ असोज । नेकपा (एमाले)ले १० बुँदे पक्षधरका नेताहरूको विषयमा भएको हल्ला काल्पनिक र बजारले गरेको प्रश्न मात्र भएको दाबी गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको पार्टी सचिवालयको बैठकपछि पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जित सुनिश्चित भएको व्यक्तिलाई पार्टीले टिकट दिने उल्लेख गरे ।

‘१० बुँदे पक्षधरको हकमा आत्मालोचनासहित माफी मागेको खण्डमा मात्र टिकट दिने भन्ने हल्ला के हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा जबाफ दिँदै गुरूङले भने, “यो काल्पनिक प्रश्न हो । यो बजारले गरेको हल्ला र प्रश्न मात्र हो ।”

उनका अनुसार बिहीबार सचिवालय बैठकमा १० बुँदे वा माओवादीबाट आएकाहरूको बारेमा कुनै छलफल नभएको बताए । “हामीले आज १० बुँदे वा माओवादीबाट एमालेमै बसेकाहरूको हकमा के गर्ने भनेर यस्तो विषयमा हाम्रो एजेन्डा नै थिएन ।”

१६५ वटै निर्वाचन क्षेत्रको उम्मेदवारका विषयमा केन्द्रित रहेर छलफल भएको उनले बताए । कोही व्यक्ति भर्खर आएको वा पहिल्यैको भएको भन्दा पनि परिस्थिति हेरेर टिकट दिनेगरी छलफल भएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति