एमालेले समानुपातिकतर्फको बन्दसूची हेरफेर गर्ने

काठमाडौँ, १४ असोज । नेकपा (एमाले)ले समानुपातिक निर्वाचनतर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने भएको छ । सो पार्टीले नेताहरूसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने भएको छ ।

यसअघि बुझाएको बन्दसूचीबाट थपघट गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको एमालेले बिहीबारको बैठकमा प्रत्यक्षतर्फका उम्मदवारबारे प्रारम्भिक छलफल गरेको जनाएको छ ।

बिहीबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकपटि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले अन्तिम बन्दसूची १५ गते बुझाउने बताएका हुन् ।

“प्रारम्भिक लिस्टमा हामीले अध्यक्षज्यूलाई आवश्यक थपघट गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको हो । उम्मेदवारको प्राथमिकता पनि तोकेर निर्वाचन विभागमार्फत् केन्द्रीय हेटक्वार्टरले अन्तिम निर्णय गर्छ । त्यसको टुंगोमा हामी पुग्दैछौँ,” गुरूङले भने ।

बैठकमा १० बुँदे पक्षधर र पूर्वमाओवादीबारे कुनै छलफल नभएको उनले बताए । गुरूङले २१ वा २२ गते अर्को बैठक बसेर प्रत्यक्षतर्फका उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति