दशैं, तिहार तथा छठ बिदामा मानवअधिकार आयोगको कार्यालय खुला रहने

काठमाडौं, १३ असोज । राष्ट्रिय मानवअधिकार आयोगले दशैं, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । 

आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 

आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं, तिहार तथा छठ बिदाका दिनहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् । 

‘आम नागरिकको मानवअधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झै यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो,’ विज्ञप्तिमा भनिएको छ । 

यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्नेछ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board