चिकित्सककले प्रेस्क्रिप्सनमा लेखेको निट राइटिङ बन्यो भाइरल

नयाँ दिल्ली, १३ असोज । चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन् । डाक्टरहरूको प्रेस्क्रिप्सनको मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन् ।

तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा प्रेस्क्रिप्सनको फोटोले सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दै छ । यो केरलाका डा.नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन् ।

यो तस्बिर गत साता फेसबुकमा बेन्सी एसडीले सेयर गरेपछि भाइरल भएको थियो । नारायणन पलक्कडको सामुदायिक स्वास्थ्य केन्द्र (सिएचसी)मा बाल रोग विशेषज्ञको रूपमा काम गर्छन् ।

डाक्टरले ब्लक लेटरमा लेखेको उक्त प्रेसक्रिप्सन पढ्न धेरैले सजिलो मानेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार डा.नारायणन विगत तीन वर्षदेखि सिएचसीमा कार्यरत छन् । उनले बाल्यकालमा राम्रो हस्तलेखनको सीप विकास गरे ।

अध्ययन सकेपछि उनले लेखन शैलीलाई कायम राख्ने प्रयास गरेकाले उनको अक्षर अहिले पनि सुन्दर देखिएको उनी बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board