मुख्यमन्त्री पाण्डेलाई मातृशोक

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । चितवनमा रहेका सुरेन्द्र काठमाडौँ हिँडेका छन् ।

मुख्यमन्त्री पाण्डे पनि हेटौँडाबाट काठमाडौँ हिँडेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board