शेखर कोइराला समूहले आज चियापान कार्यक्रम गर्दै

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले आज चियापान कार्यक्रमको आयोजना गरेको छ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा अहिले बिहान सवा ८ बजे आयोजना हुने उक्त कार्यक्रम चाडवाडको शुभकामना आदानप्रदानका साथै ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ पनि आयोजना भएको नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ ।

कार्यक्रममा डा.शेखर कोइरालासहित उक्त समूहमा रहेका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी हुने बताइएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा एक पक्षीय रूपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै कांग्रेसको कोइराला पक्ष आन्दोलित छ ।

कोइराला समूहका नेताहरूले संस्थापन पक्षविरूद्ध विभिन्न गतिविधिसमेत गर्दै आएका छन् । बिहीबार उनीहरूले पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए । आफूहरूले सम्मानजनक भाग नपाए गठबन्धनलाई नै हराउने उनीहरूको चेतावनी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board