जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग

विराटनगर, १३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जनाएका हुन् ।

कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट सञ्चालित रहेको आरोप लगाए । उनले पार्टी स्वेच्छाचारी रूपमा सञ्चालन गरिएको र खस आन्दोलनलाई धोकादिने काम भएकोले आफूले पार्टी परित्याग गरेको बताए ।

१० वर्षअघि सो पार्टी जसपामा समाहित भएको थियो । जसपा पार्टी परित्याग गरेपछि अब उपरान्त आफूले विगतमा उठाउँदै आएका मुद्दाहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउँदै राष्ट्रिय मुक्तिको अभियानमा जुट्ने उनले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board