अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै

काठमाडौँ, १२ असोज । अमेरिकी कार्यबाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै छिन् ।

विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धीकी कार्यवाहक सहायकमन्त्री रहेकी उनी नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा काठमाडौँ आउन लागेकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागिता जनाउने छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति