बंगलादेशविरुद्ध नेपालको सानदार जित

काठमाडौं, ११ असोज । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित हात पारेको छ । अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।

मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गर्‍यो । अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरेका थिए ।

अञ्जनले खेलको २७ मिनेटमा नेपालको अग्रता दोब्बर पारे । अञ्जनले ३८ मिनेटमा ह्याट्रिक गरे । अञ्जन नेपालको जितका लागि २० मिनेटभित्रमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए ।

बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । बंगलादेशका लागि साजाद हुसेनले ५५ मिनेटमा गोल गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति