बामदेव गौतम चुनाव नलड्ने मुडमा

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम मङ्सिर ४ गतेको चुनाव नलड्ने मुडमा छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी निकट नेताहरूले बताएका छन् ।

गौतमले चुनाव लड्न नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई माओवादीले अनुमोदन गरिसकेको छ । गौतमले चुनाव लड्न प्युठानबाट इच्छा व्यक्त गरेका थिए तर गठबन्धनमा सहमति हुन नसकेको एक नेताले बताए । अहिले गठबन्धनमा प्युठान जनमोर्चाले लिने भन्दै आफ्नो दाबी छोड्न मानेको छैन । जनमोर्चाकै अडानका कारण गौतम चुनावी मैदानबाट बाहिरिने भएका हुन् ।

‘उहाँ चुनाव लड्ने तयारीमा हुनुहुन्न । चुनाव लड्ने गरी भेटघाट र छलफल समेत गर्नुभएको छैन’ गौतमका छोरा हरिश गौतमले भने, ‘यो पटकको चुनाव सायद उहाँ लड्नु हुन्न । आवश्यक परेका व्यक्तिलाई जिताउन भने सहयोग गर्न सक्नुहुन्छ ।’ तर, सत्ता गठबन्धनले उहाँ९गौतम०लाई आवश्यक ठानेमा भने चुनाव लड्न सक्ने गौतमको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति