हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

काठमाडौँ, ११ असोज । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की मंगलाबारदेखि कायममुकायम प्रधानन्यायाधीश बनेका छन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनाका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् ।

आगामी असोज १५ गतेपछि ६५ वर्षे उमेर हदका कारण कामु प्रधानन्यायाधीश कार्की अनिवार्य अवकासमा जाँदै छन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले सम्हाल्ने छन् ।

यद्यपि, अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश कार्की तीर्थाटनका लागि भारत गएपछि मंगलबारदेखि नै हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हाल्ने भएका हुन् । संविधानतः प्रधानन्यायाधीशले देश पार गरेपछि स्वतः वरिष्ठतम् न्यायाधीश प्रधानन्यायाधीश बन्ने व्यवस्था छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गत फागुन १ गते संसद्‌मा महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ । महाअभियोग टुंगो नलागेकै कारण प्रधानन्यायाधीश जबरा निलम्बनमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति