पुटिनको आंशिक परिचालनको आदेशमा त्रुटीपूर्ण भएको मस्कोद्वारा स्वीकार

मस्को, ११ असोज । बढ्दो सार्वजनिक विरोधबीच क्रेमलिनले युक्रेनमा लड्न रुसीहरुलाई परिचालन गर्ने अभियान गल्ती भएको संकेत गरेको गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले गल्ति भएको संकेत गर्दै त्यसलाई सच्च्याइने बताए । उनले भने, “सबै त्रुटिहरू सच्याइनेछ। पुटिनले गत साता युक्रेनमा लड्न ३ लाख रुसीलाई परिचालन गर्ने आदेश दिएका थिए ।

तर, धेरै सैन्य अनुभव नभएका र असक्षम व्यक्तिलाई पनि परिचालनको तयारी गरिएको विभिन्न रिपोर्टमा जनाइएको थियो । परिचालनको विरोधमा रुसभर विरोध भएको छ । हजारौँ प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ ।

पुटिनले रिजर्भिस्टलाई परिचालन गर्न दिएको आदेशले रुसी सेनाहरू युक्रेनको युद्धभूमिमा नराम्ररी असफल भइरहेको देखाएको पश्चिम र युक्रेनका धेरै सैन्य विशेषज्ञहरुले दाबी गरेका छन् । मस्कोले युक्रेनमाथि हमला सुरु गरेको सात महिना भन्दाबढी समय भएको छ ।

यसैबीच, रुसमा सामेल हुन स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ ।

दक्षिणी खेरसनमा रुसी सुरक्षाकर्मीहरू जनताको मत संकलन गर्न शहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ । घर–घरमा मतदान ‘सुरक्षा’ का लागि भएको रुसी सञ्चार माध्यमहरुले प्रचार गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board