नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ, ११ असोज । फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुने छ ।

नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै, कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुवैले बंगलादेशबिरुद्ध जित निकाल्ने खेल्ने बताएका छन् ।

गत ६ असारमा पंकजविक्रम नेम्वाङ एन्फामा निर्वाचन भएयता नेपालले खेल्न लागेको पहिलो खेल हो ।

यस्तो छ हेड टु हेडः
नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ । जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति