ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ

धनुषा, ११ असोज । सशस्त्र प्रहरीले धनुषाको महिनाथपुरबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

स६प ८०८६ नम्बरको रातोरकालो रंगको मोटर साइकलमा चढी हेल्मेटमा लुकाएको ब्राउन सुगरसहित सिरहा कर्जना नगरपालिका २ का २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्रीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

शंका लागेपछि मोटरसाइकल रोकी जाँच गर्दा हेल्मेटको भित्री भागमा प्लास्टिकको झोलाले बेरेको खैरो रंगको गिलो पदार्थ ब्राउनसुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूसहित ब्राउनसुगर र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय खजुरी धनुषामा बुझाइएको सशस्त्र प्रहरी बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board