कांग्रेसमा विवाद चर्कँदो : कोइराला समूहको भेला ठमेलमा

काठमाडौं । नेपाली कांग्रेसमा आगामी निर्वाचनको टिकटको विषयलाई लिएर विवाद चर्कँदो छ । संस्थापन इतर समूहलाई टिकट वितरणमा विभेद गरेको भन्दै संस्थापन इतर समूहको भेला आज पनि राखिएको छ ।

ठमेलको होटल यात्रीमा संस्थापन इतर समूहका नेताहरुले दबाब बढाउनका भेला आयोजना गरेका हुन् । भेलामा संस्थापन इतर समूहबाट जितेका पदाधिकारी र पूर्वपदाधिकारीहरु उपस्थिति छैनन् ।

भेलामा सहभागी एक नेताक अनुसार सिट बाँडफाँटका क्रममा भागवण्डा मिलाउन दबाब बढाउनेगरी भेला आयोजना गरिएको हो। ‘आजको बैठकबाट हामी दोस्रो चरणको आन्दोलनमा कसरी अघि बढेर दबाब सिर्जना गर्ने भन्नेबारेमा छलफल गर्दैछौं,’ ती नेताले भने।

टिकट वितरणमा ४० प्रतिशत भाग पाउनपर्ने भन्दै संस्थापन इतर समूहले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई दबाब बढाइरहेको छ।

पार्टीमा देखिएको मनपरी र १४ औँ महाधिवेशनमा मत नदिएका नेतालाई आशन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रका विरुद्ध गत शनिबार (८ असोज) खबरदारी गर्न सभा आयोजना गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति