महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, १० असोज । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह हलुवाई रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ५ बजे प्रदेश २–०२–००१ प ७५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति