अष्ट्रेलियाविरुद्धको शृंखला भारतलाई

काठमाडौँ, १० असोज । भारतले अष्ट्रेलियामाथि ६ विकेटको जितसहित तीन खेलको टी–२० शृंखला २–१ ले आफ्नो पक्षमा पारेको छ ।

एक सय ८७ रनको लक्ष्य भारतले १९.५ ओभरमा मात्र चार विकेट क्षतिमा पूरा गरेको थियो ।

भारतको जितमा विराट कोहलीले ४८ बलमा तीन चौका र चार छक्कासहित ६३ रन बनाए । सूर्यकुमार यादबले ३६ बलमा पाँच चौका र पाँच छक्कासहित ६९ रन बनाए । अष्ट्रेलियाका ड्यानियल साम्सले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रनको योगफल खडा गरेको थियो ।

अष्ट्रेलियाका क्यामरुन ग्रिनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा सात चौका र तीन छक्कासहित ५२ रन बनाए । यस्तै, टिम डेविडले पनि २४ बलमा दुई चौका र चार छक्कासहित ५४ रन बनाए । यसबाहेक, टिमको खातामा ड्यानियल साम्सले २८ र जस इंग्लिसले २४ रन थपे ।

भारतका अक्षर पटेलले सर्वाधिक तीन विकेट लिए । यस्तै, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र हर्षल पटेलले एक विकेट लिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board