पत्नी सीतासहित प्रचण्ड चितवनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालसहित चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका छन् ।

प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अध्यक्ष दुईरचार दिन उतै बस्ने गरी जानु भएकाले आमालाई पनि सँगै लगिएको हो ।’

सीता लामो समयदेखि ओछ्यान परेकी छन् । सीतालाई खाना खुवाउन पनि सहयोगी चाहिन्छ । उनलाई गाडीमा राखेर चितवन लगिएको हो ।

दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सीबाट पीडित छिन् । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइसकिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा पनि उपचार गराउने गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board