सूर्यबहादुरका छोरा सुनिल बहादुरले टिकट पाउने भएपछि धनकुटा माओवादीमा झगडा, वागीका रुपमा हेमराज भण्डारीले उम्मेदवारी दिने

काठमाडौं ९ असोज ।
नेकपा माओवादी केन्द्र धनकुटाका सबै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरूले राजीनामा दिएका छन् । धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूसहित जिल्ला समन्वय समितिका सबै सदस्यले सामूहिक राजनीमा दिएका हुन् ।

शनिवार बसेको समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिँदै हेमराज भण्डारी ‘सुदर्शन’को स्वतन्त्र अभियानलाई सघाउने निर्णय गरेको समन्वय समितिका संयोजक डिल्ली राम राई ९कमल०ले जानकारी दिए । उनले आइतवार पत्रकार सम्मेलन गर्दै आफूहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको जानकारी दिए ।

गठबन्धन दलबीच एउटैमात्र निर्वाचन क्षेत्र रहेको धनकुटा कांग्रेसलाई दिने मोटामोटी सहमति भएको बताइन्छ । कांग्रेसबाट सुनिल थापा उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

माओवादी केन्द्रका जिल्ला नेताहरूले लामो समयदेखि धनकुटा नछाड्न केन्द्रलाई दबाब दिँदै आएका थिए । नेता भण्डारीले पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका थिए । भण्डारी २०५७ सालमा दीनानाथ शर्माले मसालबाट विद्रोह गरी माओवादी संग एकता गर्ने बेलादेखि माओवादीमा रहेका थिए । पछिल्लो समय उनले नेतृत्वले आफूलाई पूर्व गुटगत भावनाबाट हेरेर अन्याय गरेको बताउंदै आएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board