अंश दिनुपर्छ भनेर सौतेनी आमाको हत्या

९, असोज । बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरमा आफ्नै सौतेनी आमाको हत्या भएको छ । अंश दिनुपर्छ भनेर नागरिकता माग गर्ने सौतेनी आमाको छोराले हत्या गरेको रहस्य बाहिरिएको हो । तेतरीदेवी यादवको हत्या आरोपमा प्रहरीले उनको सौतेनी छोरालाई पक्राउ गरी सोधपुछ गर्दा यस्तो रहस्य बाहिरिएको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय जयकिशोर यादव रहेका छन् । पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते हत्या भएको थियो ।

नागरिकताकै विषयलाई लिएर घरमा आपसी विवाद हुँदा जयकिशोरले खुकुरी प्रहार गरी तेतरीदेवीको वीभत्स हत्या गरेको स्विकार गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

हत्यापछि फरार रहेका उनलाई प्रहरीले असोज ७ गते शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले अनुसन्धानका लागि जयकिशोरका बुवा शिवनारायणलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार तेतरीदेवी शिवनारायणकी पहिलो पत्नी हुन् । उनीबाट सन्तान नभएपछि शिवनारायणले अर्को विवाह गरेका थिए । जयकिशोर दोस्रो पत्नीबाट भएका सन्तान हुन् ।

विवाह भएको ३० वर्ष बितिसकेको छ। तर शिवनारायणले श्रीमती तेतरीदेवीको नागरिकता अझै बनादिएका छैनन् । कान्छी श्रीमती र छोरा जयकिशोरको दबाबमा शिवनारायणले नागरिकता नबनाइदिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

तेतरीदेवीलाई नागरिकता बनाइदिए अंश दिनुपर्ने भएकाले सौतेनी छोरा जयकिशोरले तेतरीको हत्या गरेको स्विकार गरेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

उनका अनुसार प्रहरी हिरासतमा रहेका दुवैलाई म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board