उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं, ९ असोज । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

दक्षिण कोरिया र अमेरिकाका सैनिकबीचको संयुक्त अभ्यासभन्दा पहिले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।

यस्तै, अमेरिकी उपराष्ट्रपति कमला ह्यारीको निकट भविष्यमा हुन लागेको दक्षिण कोरिया भ्रमणको अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले गएको जुन यता पहिलोपटक मिसाइल परीक्षण गरेको हो ।

संयुक्त राष्ट्र सङ्घले ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले त्यसको उल्लङ्घन गर्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board