दुई मेडिकल सञ्चालक देखि विवादास्पद व्यक्ति कांग्रेस समानुपातिक सूचीमा, विवाद उग्र

काठमाडौं ९ असोज । नेपाली कांग्रेसले विवादास्पद व्यवसायीहरु खुमाप्रसाद अर्याल र डा. सुरेश कनौडिया सहितलाई प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ।

असोज ३ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्याल र कनोडियाले उच्च प्रथामिकता पाएका छन् ।

गण्डकी मेडिकल कलेजका सञ्चालकसमेत रहेका अर्याल कांग्रेसको समानुपातिक सूचीमा परेका छन्। उनी स्वास्थ्य, शिक्षा, कृषि, हाइड्रोलगायत क्षेत्रमा व्यापार गरिरहेका छन्।

त्यस्तै समानुपातिक सूचीमा परेका वीरगन्जका व्यापारी अनिल रुंगटा उत्पादन तथा विक्रीवितरण गर्दै आएका छन्।

रोमी गौचन थकाली होटल व्यवसायी हुन्। रामचन्द्र पौडेलनिकट मानिने गौचन मुस्ताङको जिल्ला सभापति समेत हुन्।

उनी पूर्ववाणिज्यमन्त्री समेत हुन्। उनी २०७० सालका संविधानसभा सदस्य पनि हुन्।

कांग्रेसले अहिले समानुपातिक सांसद रहेकालाई फेरि नराख्ने मापदण्ड बनाएसँगै चर्चित व्यवसायी बन्द सूचीमा परेका छैनन्।

हाल कांग्रेसबाट विनोद चौधरी, उमेश श्रेष्ठ, जिपछिरिङ लामा र बहादुर सिंह लामालगायतका व्यापारी ठेकेदार थिए।

विनोद चौधरी नवलपरासी, उमेश श्रेष्ठ चितवन र मेडिकल व्यवसायी सुनिल शर्मा मोरङबाट प्रत्यक्षको लागि सिफारिस भएका छन्।

जिपछिरिङ लामाले अहिले निर्वाचन नलड्ने घोषणा गरिसकेका छन्।

कांग्रेसको बन्दसुचीमा धेरैजसो नेताहरुदेखि अमित शाहका निजी सचिवसम्म (नामावलीसहित)

उता सभापति शेरबहादुर देउवामाथि दबाब बनाउन कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनको बैठक बहिष्कारको नीति अंगीकार गरेका छन् । बन्दसूचीमा आफ्नो समूह नसमेटिएको भन्दै असन्तुष्ट उनले गठबन्धनकै बैठकमा जान छाडेका हुन् । ‘पछिल्लो चार दिनदेखि उहाँ गठबन्धनको बैठकमा सहभागी हुनुभएको छैन । आफ्नो समूहलाई पेलेरै जाने अवस्था देखेपछि बैठकमा सहभागी हुनुभएको छैन,’ एक कांग्रेस नेताले भने । केही समयअघि डेंगु संक्रमणका कारण महामन्त्री थापा गठबन्धन बैठकमा सहभागी भएका थिएनन् । पछिल्लो समय संक्रमणमुक्त भएपनि उनी आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् । तर, गठबन्धनको बैठकमा सहभागी हुने गरेका छैनन् । ‘गठबन्धनमा उहाँको खोजी भइरहेको छ, तर बैठकमा सहभागी हुनुभएको छैन,’ ती नेताले भने । कोइराला समूहले समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारमा ४० प्रतिशत कोटाको माग गर्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board