कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ३१ जना घाइते

कपिलवस्तु, ९ असोज । कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलको परिचयन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनामा घाइते ३१ जनामध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सीमामा शनिबार दिउँसो सवा ३ बजे घुम्तीमा बस र ट्रक एक आपसमा ठोक्किएका थिए ।

काठमाडौँबाट दाङ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति