टिकट वितरणमा कांग्रेसमा विवाद : शेखर–गगन समूहको बानेश्वरमा खबरदारी सभा

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो । 

सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिवार भेला आयोजना गरेको स्रोतको भनाइ छ । शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board