मधेसमा एमालेमा प्रवेश गर्नेको लहर, लोसपाका सचेतक अरगरियालाई ओलीले गरे स्वागत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छ्न्।

पार्टी नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका अरगरिया एमालेमा प्रवेश गरेका हुन्।

धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम अध्यक्ष केपी ओलीले अरगरियालाई पार्टीमा स्वागत गरे।

अरगरिया धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले केही समययता एमालेमा प्रवेश गर्ने तय भइसकेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति