झण्डै २३ हजारलाई लाग्यो डेंगी, २९ जनाको मृत्यु

काठमाडौं ८ असोज । डेंगीको प्रकोप दिनदिनै बढ्दै गएको छ भने शनिबारसम्म यसको संक्रमणबाट २९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ। अहिलेसम्म मनाङमा मात्रै संक्रमण देखिएको छैन।

शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ। दुई महीनामै डेंगी संक्रमितको संख्या यति धेरै पुगेको हो।

मध्य साउनदेखि नेपालमा डेंगीको संक्रमण देखिएको थियो। शुरूआतमा दैनिक एक–दुई जनामा देखिएको संक्रमण अहिले भने दैनिक एक हजारभन्दा बढीमा पुष्टि भइरहेको छ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगी देखिएको थियो। त्यसयता बर्सेनि देखिंदै आएको छ। यस वर्ष भने प्रकोपकै रूप लिएको छ।

यसको उपचार तथा खोप छैन। यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति