विदेशी पर्यटकका लागि भुटान खुलाः नेपाली पर्यटकलाई मह, बेसार र सिमकार्डसहित स्वागत

थिम्पु, ८ असोज (एजेन्सी) । झन्डै दुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरुका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो ।  स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न  पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुगेका छन् । प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो संक्रमित भेटिएपछि सन्  २०२० मा सिमाना बन्द गरेको थियो । करिब ८ लाख जनसंख्या भएको भुटानमा ६१ हजारलाई संक्रमण भएको छ भने २१ जनाको मृत्युभएको छ । तर, कोभिडका कारण यहाँको अर्थतन्त्र भने धरासायी भएको छ ।

‘हाम्रो लागि पर्यटन भनेको आम्दानी मात्र होइन’ भुटानको पर्यटन परिषद् (टीसीबी)का महानिर्देशक दोर्जी ध्राधुलले राजधानी थिम्पु नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आगन्तुकलाई स्वागत गरेपछि भने । पर्यटकहरुलाई मह, बेसार सिम कार्ड दिएर स्वागत गरिएको थियो ।

काठमाडौंबाट पहिलो उडानमा पुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको भारतीय समाचार संस्था एनडीटीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board