क्यान्सरपीडितको सहयोगार्थ राजेशपायल र एकदेवले प्रस्तुति दिँदै

दमक, ८ असोज । सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी–८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आगामी असोज १० गते घटस्थापनाको दिन झापाको दमकमा ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्ट हुने भएको छ ।

कदम थिएटर र शैली इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा गायक राजेशपायल राई र एकदेव लिम्बूको प्रस्तुति हुने छ ।

कन्सर्टमा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङलगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ । दमक ९ स्थित सरस्वती माविको प्रांगणमा आयोजना हुने कन्सर्ट बेलुकी ५ बजेदेखि सुरु हुने छ ।

कन्सर्टको टिकट मूल्य तीन सय रुपैंयाँ रहेको छ । कन्सर्टबाट उठेको सम्पूर्ण आम्दानी न्यूनतम खर्च कटाएर क्यान्सरपीडित विशाल राईको उपचारमा खर्च गरिने आयोजकले जनाएका छन् ।

क्यान्सरपीडित विशाल राई बचाउ अभियान मूल समितिका संयोजक बलु राईका अनुसार विशाल राईको हाल काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा अहिलेसम्म करिब १५ लाख रुपैयाँ खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board