महोत्तरीमा घाँस काट्न गएकी महिला मृत फेला

महोत्तरी, ८ असोज । महोत्तरीको मट्टिहानीमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अन्सारीकी अन्दाजी ४० वर्षीया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन् । अमिना शुक्रबार घास काटन जंगल गएकी थिइन् ।

मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दुरीमा रहेको खोइर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरीरभरि चोट र रक्ताम्य देखिएको हुँदा कसैले बिभत्स हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शवको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाई यथासक्य छानबिनका लागि अनुरोध गरेको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

मृतकको श्रीमान् र एक छोरा वैदेशिक रोजगारीमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board