सत्यमोहन जोशीलाई डेंगु संक्रमण

काठमाडौँ, ८ असोज । शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूची हुने जस्ता समस्या देखिए पनि उनलाई शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको छ ।

चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेंगु संक्रमण पुष्टि भएको हो । अहिले उनको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ ।

जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी)का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board