‘सुसाइड नोट’ लेखेर बेपत्ता भएकी गायिका जेरुसा राईको खोजी जारी

काठमाडौं । नेपाल प्रहरीले ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएकी गायिका जेरुसा राईको खोजी गरिरहेको छ ।

बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएपछि प्रहरीले खोजी गरिरहेको छ ।

हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनले बताए ।

३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् ।

उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board