देशभर १७ हजार ५ सय भन्दा बढीमा डेंगी पुष्टि : सरकार उदाशीन (भिडियो)

काठमाडौं, ७ असोज । पछिल्ला दिनमा डेंगीको संक्रमण देशव्यापी फैलिएको छ । हाल हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु फैलिएको हो  । देशभर १७ हजार ५ सय भन्दा बढीमा डेंगी पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २१ जना भन्दा बढीले डेंगुबाट मृत्युवरण गरेका छन्  । तर, डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम भने अझै चाल्न सकेको छैन ।  हाल हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलिएको डेंगुबाट देशभर २१ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने १७ हजार ५ सय भन्दा बढी संक्रमित छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सेप्टेम्बरको १९ दिनमा मात्र १३ हजार ८ सय २९ जना संक्रमित थपिएका छन् ।

संक्रमण बढेसगै अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनेमध्ये ९० प्रतिशत डेंगीका बिरामीले अस्पतालका बेड भरिएका छन् । स्वास्थ्यकर्मीहरूले डेंगी नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने सुझाव दिइरह“दा सरकारले भने पर्याप्त पहल गर्न सकिरहेको छैन । नाम मात्रको ‘लामखुट्टेका लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको सरकारले कुनै पनि मन्त्रिपरिषद् बैठकमा डेंगुबारे छलफल गरेको छैन । गत वर्ष ६० जिल्लाका पा“च सय ४० जनामा डेंगु संक्रमण भएको थियो । सरकारले चालू आवमा यिनै ६० जिल्लाका एक सय ३९ स्थानीय तहमा मात्र डेंगु नियन्त्रण एवं लामखुट्टे नष्टका लागि बजेट छुट्याएको थियो  । महानगरमा पा“च लाख, उपमहानगरमा तीन लाख, नगरपालिकामा दुई लाख र गाउपालिकामा एक लाखका दरले दुई करोड ३५ लाख रुपैया पठाइएको छ  । त्यस्तै, ६० वटा स्वास्थ्य कार्यालय र सातवटै प्रदेशमा ७५ लाख पठाएको छ । तर, यस वर्ष ६० जिल्लाबाट बढेर ७५ जिल्लामा डेंगु फैलिसकेको छ  । प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन सक्दो प्रयास गरिरहेको बताए । उनले सबैको समन्वयबाट डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकपटक एकजुट भएर काम गर्न आवश्यक रहेको बताए । तर पुर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद गगनकुमार थापा भने महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्छन् । स्वास्थ्य क्षेत्रमा पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेपनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको उनको भनाई छ । काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै सांसद थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने बताए ।

त्यस्तै प्रा.डा. चन्दा कार्कीले नेपालमा सरुवा रोगका अस्पतालहरु विस्तार नभएकोले यसको सुधारका लागि पहल गरिनुपर्ने बताइन् । नीति निर्माण र कार्यान्वयनकास्तरसम्म सरकारले नै ध्यान दिनुपर्ने र नीजि क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने उनको धारणा छ ।

डेंगु नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहको सहकार्यमार्फत कुनै कदम अगाडी बढेको छैन । महामारी हेर्ने सरकारको आधिकारिक निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । ईडीसीडीले नियन्त्रणका लागि ¥यापिड एक्सन प्लान बनाउन पनि मन्त्रालयलाई आग्रह गरेको छ । तर यता संसदीय चुनावका लागि सिट बा“डफा“डका नाममा हरेक दिन बालुवाटारमा बैठक बस्ने सत्तागठबन्धन र गठबन्धनविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुदै आएको प्रमुख प्रतिपक्ष एमालेसहित अन्य कुनै पनि दलले डेंगु नियन्त्रणका लागि आवश्यक पहल कदमी सोचेका छैनन् । उनिहरु नागरिको जीवन जोगाउन भन्दा राजनीतिक स्वार्थमै केन्द्रित बनेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board