सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

काठमाडौँ, ७ असोज । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति