गाडीको ठक्करबाट विद्यार्थीको मृत्युपछि धादिङमा प्रर्दशन

काठमाडौं, ६ असोज । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् ।

उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति