पूर्वआइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

काठमाडौं । नेकपाको सरकारका बेला प्रहरी नेतृत्व सम्हालेका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् ।

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन् ।

बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएको स्रोतले बताएको छ ।

बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति