राष्ट्रपतिको कदमको समर्थनमा युवा संघको र्‍याली

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको समर्थनमा एमाले निकट युवा संघले र्‍याली निकालेको छ ।

नेता महेश बस्नेतको उपस्थितिमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरू समर्थन र्‍यालीमा थिए ।संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक विवादित बनेको छ ।

पहिलो पटक राष्ट्रपति भण्डारीले विधेयक संशोधन गर्नुपर्ने सुझावसहित संसद्लाई नै फिर्ता पठाएकी थिइन् ।संसद्ले दोस्रो पटक जस्ताको त्यस्तै पारित गरेर पठाए पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेकी हुन् ।नेपालको संविधानले १५ दिनभित्रमा राष्ट्रपतिले विधेयक पारित गर्नुपर्ने व्यवस्था गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति