भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौं, असोज ५ । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको ४२ दिनसम्म कोमामा रहेपछि निधन भएको छ । श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।

उत्तर प्रदेशको कानपुरमा जन्मिएका उनि बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे । उनले केही फिल्मका साथै टीभी शो र रियालिटी शोमा पनि भाग लिएका थिए ।

श्रीवास्तवलाई स्थापित भने कमेडी शो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जले गराएको थियो । उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा ९रिमेक०, आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष समेत थिए ।

राजु श्रीवास्तावको निधनप्रति भारतीय कलाकार, प्रशंसक र राजनीतिज्ञहरुले दुःख व्यक्त गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board