नागरिकता विधेयक प्रमाणिकरण नगर्ने राष्ट्रपति भण्डारीको निर्णय सही छ : मेयर बालेन

काठमाडौं, ५ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नागरिकता बिद्येयक प्रमाणिकरण नगर्ने राष्ट्रपति बिद्यादेवी भण्डारीको निर्णय अत्यन्तै सही रहेको बताएका छन् ।

राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएको नागरिकता बिद्येयकलाई गठबन्धनले निर्णय गरेर जस्ताको तस्तै पठाएपछि राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्न अस्वीकार गरेको निर्णय अत्यन्तै सही रहेको मेयर बालेनले बताएका हुन् ।

यस बिषयमा मेयर बालेनले सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो निश्कर्ष सुनाउँदै भनेका छन्, ‘राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने छन ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति