काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु निर्वाचन विथोल्ने षड्यन्त्र भएको बताएका छन् ।
नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको उलंघन हो भने अर्कोतिर नागरिकलाई राज्यविहीन बनाउने अमानवीय काम भएको भन्दै उपमहासचिव पुनले सचेत रहन र संयमित बन्न आग्रह गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्–
‘सार्बभौम जनताको प्रतिनिधि संस्था संघिय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता बिधेयक प्रमाणित नगर्नु एकातिर,संबिधानको घोरउल्लङ्घन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यबिहिन बनाउने आमनबीय कार्य हो, सचेत रहौ र संयमित बनौ, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो,यो घटनाक्रम ।’
प्रतिक्रिया