आज अल्जाइमर्स दिवस

काठमाडौं, ५ असोज । आज अल्जाइमर्स दिवस, विभिन्न रोगबारे जानकारी दिन स्वास्थ्यसग सम्बन्धित संघसस्थाले विभिन्न कार्यक्रम गरी विश्वरभर मनाइदैछ ।

अबको ३० वर्षमा विश्वमा १५ करोडभन्दा धेरै मानिसलाई बिर्सने रोग अर्थात् ‘डिमेन्सिया’ हुने विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । डब्लूएचओले सन् २०५० सम्ममा विश्वमा १५ करोड २० लाख मानिसमा डिमेन्सिया हुनसक्ने बताएको हो ।

विश्वमा प्रत्येक तीन सेकेण्डमा एक व्यक्तिमा डिमेन्सिया हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
नेपालमा भने अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक नभए पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसगै यस रोगका बिरामी पनि देखा पर्ने क्रम बढ्दो छ ।

बिर्सने रोग अल्जाइमर्स डिमेन्सियाको एउटा सामान्य रुप हो । अल्जाइमर्स भएपछि व्यक्तिले सुरुमा भर्खरै गरेका काम बिर्सन थाल्ने चिकित्सकहरुले बताएका छन् ।

सुरुमा भर्खरै गरेको काम बिर्साउने यो रोगले भविष्यमा सबै कुरा बिर्सेर दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्थामा पु¥याउने गर्छ । बिर्सने रोग भिटामिनको कमी, डिप्रेसन, लामो समय मद्यपान गर्ने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किदै गएपछि यो रोग लाग्नेछ ।

सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण हो ।

डिमेन्सिया अन्तर्गत पर्ने बिर्सिने रोगको केही हदसम्म उपचार सम्भव भएको चिकित्कको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board