सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता 

काठमाडौं, ४ असोज । सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता भएको छ । युवा तथा खेलकूद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम, बजेट एवम् वार्षिक विकास कार्यक्रमलाई समयमै सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित उक्त सम्झौता गरिएको स्काउटका संयोजक भण्डारीले बताए । 

खेलकुदमन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै  संयोजक भण्डारीले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम समयसीमा रही सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति