काठमाडौं । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल (कफ्सन नेपाल) को अध्यक्षमा बिना श्रेष्ठ चयन भएका छन् ।
असोज १–२ गते काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा छिन्डुम मेनक्पा भोटे, महासचिवमा श्यामकृष्ण श्रेष्ठ, उपमहासचिवमा डिल्ली गिरी र कोषाध्यक्षमा सुदिल गोपाल आचार्य चयन भएका छन् । कार्यसमितिमा १७ सदस्य छन् ।
त्यस्तै, महाधिवेसनले कमल गौतमको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समित गठन गरी वन क्षेत्रका सवालको सन्दर्भमा प्रतिवद्धता पत्र जारी गर्दै कफ्सन नेपालको पाँचौं राष्ट्रिय माहाधिबेश सम्पन्न भएको थियो ।
अध्यक्ष अप्सरा चापागाईको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालको प्रमुख अतिथ्यतामा महाधिवेसनको उद्घाटन भएको थियो ।
प्रतिक्रिया