काठमाडौं । गितकार एवं साहित्यकार मुकुन्दराज शर्माको ‘शब्दशिविर’ निबन्ध सार्वजनिक भएको छ । ३१ वर्षअघि लेखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक भएको हो ।
लिट्टल एन्जल्सका प्रिन्सिपल रहेका शर्माको पुस्तक सोमबार विमोचन भएको हो । निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरे ।
कार्यक्रममा मन्त्री श्रेष्ठले गितकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफुलाई अत्यन्तै खुसी लागेको बताए । उनले भने, ‘३४ वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हाल्नुभएका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुदैन ।’
निबन्धकार शर्माले एक सताब्दी पुरा गर्नुभएका वुवा निमानन्द शर्मा र ९५ वर्षिय आमा शोभादेवीको कोख र काखले आफ्नो जीवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध संग्रह तयार भएको बताए । २०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध प्रकाशित भएपछि आफुलाई लेखन कार्यमा थप उर्जा मिलेको बताए ।
‘मेरो विद्यार्थी एवं कामना न्युज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठसंग कफीसपमा भेट भएपछि उनले दिएको उक्साहटबाट आफुले निबन्ध संग्रह प्रकाशन गरी आज विमोचन गर्न पाएकोमा खुसी लागेको छ’ शमाएले भने । उनले यो पुस्तक संसारभर पुर्याउन मुख्य भुमिका खेल्ने कामना न्युन पब्लिकेशनको योगदान मुख्य रहेको बताए ।
‘मलाई आशा छ कि तपाईहरुले , यस्लाई पढेर प्रतिक्रिया र सुझाव दिनुहुनेछ भन्ने आशा लिएको छु’ विमोचन कार्यक्रममा शर्माले भभने ।
उनले निबन्ध संग्रह तयार गर्ने क्रममा विद्यालयका संस्थापक एवं राज्यमन्त्री श्रेष्ठ, विद्या लिम्बु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बु, विद्यालयका निर्देशक राजेश श्रेष्ठ, दाजु हरिहर शर्मा प्रकाशक कामना न्युज पब्लिकेशनका दिरेकलाल श्रेष्ठ र परिवारको सदस्यको कारण निबन्धले सार्थकता पाएको बताए ।
कार्यक्रममा बोल्दै निबन्धकार एवं समिक्षक मोमिलाले आफ्नो साहित्य यात्रामा निबन्धकार मुकुन्दराज शर्माले गरेका योगदानले थप मलजल भएको बताए ।
अर्का निबन्धकार माधव प्रसाद पोखरेलले निबन्धमा श्रीमती र पत्नीलाई गुरु भएको प्रशंग ल्याएर धर्मपत्नीको सहयोगलाई मुख्य रुपमा लिएको पाएको बताए ।
‘शर्मासंग निबन्ध लेख्ने शैली रहेछ, पढ्दा गजब लाग्यो, निबन्ध त यस्तो हुनुपर्छ भन्ने लाग्यो’ उनले भने । निबन्धलाई सटिक बनाउने कलाले शर्मालाई उच्च ओहदाका साहित्यकारको रुपमा लिन सकिने धारणा अधिकांसको थियो ।
लिट्टल एन्जल्सका निर्देशक राजेश श्रेष्ठले निबन्ध संग्रह लोकप्रिय हुनेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बुले निबन्ध सरल भाषामा बगेको बताउँदै शर्माको संग्रह उचाइमा पुग्ने अपेक्षा राखेको बताए ।
कार्यक्रममा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले मुकुन्द शर्माको निबन्ध संग्रहले उनलाई स्थापित साहित्यकार बनाएको बताए । उनले भने, ‘म साहित्यको ज्ञाता होइन तर मेरो भाइ मुकुन्दले यसअघि लेखेका सबै गितले चर्चा कमाएको थियो, अब निबन्ध संग्रहले थप उचाइमा पुर्याउनेछ ।’
कार्यक्रममा कामना न्युज पब्लिकेशनका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले आफ्ना गुरु शर्माको कथाले आफ्नो मन छोएको कारण प्रकाशन गर्ने मौका पाएको बताए ।
२५ वटा निबन्धको सङ्कथन शब्दशिविर आजबाट देशभर पाइनेछ । २ सय १२ पुष्ठको सो निबन्ध संग्रह आजबाट नेपालभर पाइने भएको छ । पुस्तकको मुल्य ४ सय रहेको प्रकाशकले जनाएको छ।
यस सङ्कथनभित्र गुन्द्रुक भिसादेखि विश्रान्ति ९क्षणिकी–२०सम्मका बेजोड निबन्धहरूको सङ्कथन छ ।
देश तथा विदेशमा रहँदा आफ्ना अनुभव र अनुभूति शब्दमार्फत पाठकलाई पस्किनु भएको छ । फुर्सदको समय निकालेर उहाँले आफ्ना सिर्जनालाई अन्ततः ‘शब्दशिविर’को आकार बजारमा पाइने भएको छ ।
प्रतिक्रिया