माओवादीको समानुपातिक सूचीमा महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको सूचीमा उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको पाइएको छ ।

महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको एक पदाधिकारीले बताए ।

समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति