खेलकुद क्षेत्रका २१ जना विभूषित

काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसका अवसरमा खेलकुद क्षेत्रका २१ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु विभिन्न विभूषणबाट विभूषित गर्न लागिएको हो ।

तेक्वान्दोका पूर्व कीर्तिमानी खेलाडी दीपक विष्ट प्रबल जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् ।

पौडीका ओलम्पियन गौरिका सिंह राष्ट्रदीप पदकबाट विभूषित हुने भएका छन् ।

यस्तै जनसेवाश्री पदकबाट भलिबल प्रशिक्षक जगदीश भट्ट, ट्रयायथालन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, फेन्सिङका महासचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्दक जगत बहादुर खड्का, पाराओलम्पियन पलेश गोर्वर्धन, फुटबल प्रशिक्षक अरुणा गुरुङ, महिला भलिबल कप्तान अरुणा शाही र तेक्वान्दो खेलाडी भजिन्द्र बहादुर क्षेत्री विभूषित हुने भएका छन् ।

सुकीर्ति पदकबाट सम्मानित हुने खेलाडीमा कल्पना परियार, जयरानी थारु, जीवन थारु, तिलक बहादुर देउजा, रेणुका श्रेष्ठ, दीपक महर्जन,प्रशान्त मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ र रंजित तामाङ विभूषित हुने भएका छन् ।

सरकारले यस वर्ष ९ सय ९८ जनालाई विभिन्न मानपदवी र अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।

विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई सरकारले संविधान दिवसका अवसरमा पदक दिदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board