सेक्सोफोनलाई स्थापित गराएका संगीतकार शुभबहादुर सुनामको ७४ वर्षको उमेरमा निधन

काठमाडौं, ३ असोज । चर्चित संगीतकर्मी शुभबहादुर सुनामको सोमबार बिहान ७४ वर्षको उमेरमा निधन भएको छ । सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवादनमा स्थापित गर्ने संगीतकर्मी सुनामको छाउनीस्थित सैनिक अस्पतालमा बिहान ५ बजे ।

लामो समयदेखि किड्नीको रोगबाट पीडित सुनामलाई राति असहज भएपछि अस्पताल लगिएको थियो । ‘किड्नीको समस्या थियो । डायलाइसिस पनि हुँदै थियो । सोही क्रममा आज बिहान निधन भएको हो

दाहसंस्कारका लागि सुनामको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा लगिएको छ । सैनिक सलामीसहित उनलाई अन्तिम श्रद्धाञ्जली दिइने भएको छ । संगीतकार संघका पदाधिकारीसहित फिल्म र संगीतकर्मी पनि आर्यघाटमा उपस्थित भएका छन् ।

सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए । सैनिक ब्यान्डमा रही उनी वाद्यवादन र तथा संगीत सिर्जनामा सक्रिय उनले तत्कालीन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए ।

रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, हुँ यात्री, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, यो नानीको शीरैमा, चिसो चिसो हावामा उनका हिट गीतहरु हुन् । उनी तारादेवीका समेत मनपर्ने संगीतकार थिए ।

उनले ७७५ भन्दा बढी गीतमा संगीत भरेका छन् । त्यसमा फिल्म, भजन, आधुनिक टीभी सिरियल, पप, बालगीत र राष्ट्रिय गीत समावेश छन् । उनले अधिकांश संगीत तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, अनुराधा पौड्याल, कविता कृष्णमूर्ति, कुमार बस्नेत, प्राश्ना शाक्यका गीतमा समेत संगीत भरेका छन् ।

उनले पछिल्लो समय आफ्ना छोराहरुसहित नाति र नातिनीहरुलाई सेक्सोफोन वाधन र संगीततर्फ प्रेरित गरिरहेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board