महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिदै

असोज ३ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिदैछ ।

अन्त्येष्टि अघि उहाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेको किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ ।

राजकीय अन्तिम संस्कारमा उहाको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् । बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो ।
विश्वका शीर्ष नेताहरु लण्डनमा भेला भएका छन् । झण्डै ७ दशक शासन गर्नुभएकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो ।

आज बेलायतमा सार्वजनिक बिदाको घोषणा गरिएको छ । महारानीको निधनलगत्तै बेलायतमा केही कार्यक्रमहरू स्थगित गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board