काठमाडौं । भारतीय जनता पार्टी (बीजेपी) का नेता अमित साहका पूर्व स्वकीय सचिव सन्दीप राना नेपाली कांग्रेसको तर्फबाट उममेदवार सिफारिस भएका छन् ।
पाल्पा, रामपुरका सन्दीप राना १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिएका उनी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पाल्पा–१ बाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस भएका हुन् ।
निर्वाचन क्षेत्र स्तरीय समितिले प्राय प्रत्यक्ष र समानुपातिकतर्फ एकै व्यक्तिलाई सिफारिस गर्दैन, तर राना भने दुवैतर्फ सिफारिस हुन सफल भए । समानुपातिकतर्फ त उनी पहिलो नम्बरमै सिफारिस भएका छन् ।
पाल्पा–१ का क्षेत्रीय सभापति झमन मगरले सन्दीपकै आग्रह अनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नाम सिफारिस गरेको बताए । ‘दुवैतिर नाम राख्नुस् भन्नुभयो । त्यसैले प्रत्यक्ष र समानुपातिक दुवैतिर नाम राखेर पठाएको हो’ उनले भने, ‘समानुपातिकमा पहिलो नम्बर र प्रत्यक्षमा चौथो नम्बरमा राखेर नाम पठाएको हुँ ।’
प्रतिक्रिया