रुखबाट लडेर हातखुट्टा भाँचिएका रेमनको उपचारका लागि रिलिफ नेपालद्वारा ५० हजार सहयोग

रुखबाट लडेर खुट्टा भाँचिएका रेमनको उपचारका लागि रिलिफ नेपालद्वारा ५० हजार सहयोग
सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ खोक्लिङका बालक रेमन ठकुरीको उपचारका लागि वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा रिलिफ नेपालले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

उनको उपचारका लागि रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले ५० हजार रुपैयाँ रेमनका बुवा शिव ठकुरीलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेल, फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल, विद्याथई नेता हिरा रानामगर र रिलिफ नेपाका सामाजिक परिचालक सुजाता लोको समेत उपस्थिति थियो ।

भदौ ३० गते पढ्न जाने क्रममा स्कुलको प्रांगणमा रहेको रुखमा चढ्दा लडेर रेमनको हात खुट्टा भाँचिएको छ । उनको घरको आर्थिक अवस्था कमजोर रहेकाले आर्थिक सहयोगका लागि अपिल गरिएको थियो ।

रेमन सिन्धुली अस्पतालमा उपचाररत छन् । तत्काल अपरेशन गर्नुपर्ने भए पनि पैसा नभएपछि रेमनको अपरेशन समेत रोकिएको थियो । अब मंगलबार उनको अपरेशन हुने भएको छ ।

रेमनका बुवा शिव ठकुरीले सहयोग प्राप्त भएपछि धेरै धेरै धन्यवाद दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति