जापानमा ठूलो आधीको चेतावनी

जापान, २ अशोज । जापानमा ठूलो आधीको चेतावनी जारी गरिएको छ ।

‘नानमाडोल’ नामक आधी जापानतर्फ बढेको छ । त्यहाको मौसम विभागले झण्डै २० लाख मानिसलाई सुरक्षित ठाउमा सार्न भनेको छ । विशेष गरी जापानको कागोशीमा, कुमामोटोट र मियाजाकिका नागरिक जोखिममा पर्ने पूर्वानुमान छ ।
ती जोखिम क्षेत्र खाली गर्न अपिल गरिएको बीबीसीले जनाएको छ । प्रतिघण्टा २ सय ७० किलोमिटरको दरले आउन सक्ने आधी कागोशीमा हुदै जापानको मुख्य टापुसम्म पुग्न सक्ने अनुमान छ । साथै भारी वर्षाको सम्भावना पनि छ ।

आधीले घरहरु भत्कन सक्ने र वर्षाका कारण बाढी÷पहिरो निम्त्याउन सक्ने पूर्वानुमान छ । पहिरो र बाढीको जोखिमबाट बच्न आँधी आउनुअघि नै बासिन्दालाई घरबाहिर निस्कन आग्रह गरिएको छ ।

जापान एअरलाइन्ससहितका केही उडान आजका लागि रद्द गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board